मिति २०८२ असार १५ गते संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) र नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) बीच एक द्विपक्षीय बैठक सम्पन्न भयो । बैठकमा द्विपक्षीय समझदारी पत्रको कार्यान्वयन , द्विपक्षीय संयन्त्र निर्माण, जलवायु परिवर्तन र न्यायोचित रुपान्तरण (Just Transition) , लैंगिक समानता एवं श्रमिकका समसामयिक मुद्दाहरूमा बृहत छलफल भयो । उक्त बैठकले JTUCC र FNCCI बीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको छ । विशेष गरी श्रमिक हित, उद्योगको दिगो विकास, सामाजिक न्याय र समावेशीताका सवालमा सहकार्यका नयाँ आयामहरू खोल्ने सम्भावना देखिएको छ ।