अन्तर्राष्ट्रिय श्रम संगठन(ILO) को ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन (ILC) यस वर्ष जुन २ देखी जुन १४, २०२५ सम्म स्विजरल्याण्डको जेनेभामा सञ्चालन भईरहेको छ । बिश्वभरीबाट सरकार, रोजगारदाता र ट्रेड युनियनहरुको सहभागितामा आयोजना हुने सम्मेलनमा नेपालको प्रतिनिधि मण्डलमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै माननीय मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाली श्रमिकको प्रतिनिधित्व गर्दै जेटियुसीसी अध्यक्ष, रोजगारदाताको प्रतिनिधित्व गर्दै FNCCI अध्यक्षले वक्ताको रुपमा सम्वोधन गर्नुभयो । प्रतिनिधि मण्डलमा नेपाली श्रमिकको तर्फबाट JTUCC अध्यक्ष श्री जगत बहादुर सिम्खडा, JTUCC महासचिव श्री इन्द्र देव मिश्र, GEFONTअध्यक्ष श्री बिनोद श्रेष्ठ, NTUC अध्यक्ष श्री योगेन्द्र कुमार कुँवर, GEFONT महासचिव श्री लक्ष्मण कुमार शर्मा र ANTUCF युवा समिति अध्यक्ष श्री मुकुन्द प्रसाद पन्तको सहभागिता रहेको छ । सहभागिहरुले सम्मेलनका बिभिन्न शेसनहरुमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुभएको भएको छ ।