
काठमाण्डौ , चैत्र ९, २०८१
नेपालमा न्यायिक रुपान्तरणको क्षेत्रमा काम गरिरहेका सामाजिक साझदारहरु, युनियनहरु, ऐक्यवद्धता र साझेदारी गर्ने अन्तर्राष्ट्रिय र क्षेत्रीय संस्थाहरुको बिचमा जेटियुसीसीले अनुभव तथा मानवीय र भौतिक स्रोतसाधन सहयोग आदानप्रदान गर्दै मितव्ययिता सहित दक्षता बढाउनको लागि समन्वय र संजाल निर्माण लगायतका सरोकारित सवालहरुमा सरकार, रोजगारदाता, अनुसन्धानविद, बिज्ञ लगायत सबै साझेदारहरु साझा प्रयत्नको साथ जलवायु परिवर्तनका कारणहरुलाई सम्बोधन गर्न तथा श्रम क्षेत्रमा त्यसका असरहरुसंग जुध्ने संयुक्त रणनीतिहरु तय गर्ने पृष्ठभागमा JTUCC ले नेपाली श्रम बजारमा जलवायु परिवर्तन र न्यायिक रुपान्तरणका मुद्दाहरु’ विषयमा सरोकारवालाहरु बिच एकदिने गोष्ठी कार्यक्रम आयोजना गरियो ।
जेटियुसीसी अध्यक्ष श्री जगत बहादुर सिम्खडाको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीको सहजीकराण जेटियुसीसी महासचिव श्री ईन्द्र देव मिश्रले गर्नुभयो । गोष्ठीमा त्रिभूवन बिश्व बिद्यालयका सहप्रध्यापक डा. रमेश सापकोटाले जलवायु परिवर्तनको प्रभाव र न्यायीक रुपान्तरणमा सरोकारवालाको भूमिका बिषयक कार्यपत्र प्रस्तुती गर्नुभयो । जिफण्ट महासचिव श्री लक्ष्मण शर्माले नेपाली श्रम बजारमा जलवायु परिवर्तन र न्यायीक रुपान्तरणका मुद्दाहरु र ट्रेड युनियनको भूमिका बिषयक कार्यपत्र प्रस्तुती गर्नुभयो । राष्ट्रिय सभा नेपाल का सचिव डा. रोजनाथ पाण्डेले COP-29 मा न्यायीक रुपान्तरणका मुद्दाहरु र आगामी पहल बिषयक कार्यपत्र प्रस्तुती गर्नुभयो । उक्त तीनवता कार्यपत्रमा ९ जना टीप्पणीकर्ताहरु क्रमशः श्री बसन्त कुमार कार्की, Sr. Programme Officer, ILO Country Office for Nepal, श्री बाबुराम घिमिरे, उपसिचव वन तथा वातावरण मन्त्रालय, सुभाष खत्री उपसिचव वन तथा वातावरण मन्त्रालय, श्री गगन सिंह बिष्ट, उपसिचव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, Regional Representative for South East Asia, SASK Mr. Farizan Fajari, SARTUC महासचिव श्री लक्ष्मण बस्नेत, NTUC अध्यक्ष श्री योगेन्द्र कुमार कुँवर, GEFONT अध्यक्ष श्री बिनोद श्रेष्ठले कार्यपत्र र श्रमिकका समसामयीक सवालहरु सन्दर्भमा धारणा राख्नुभयो । त्यस्तै, आवद्ध महासंघबाट सहभागि प्रतिनिधिहरुले प्रस्तुत कार्यपत्रमा आ आफ्नो धारणा ब्यक्त गर्नुभयो ।
कायपत्र, टिपपणी कर्ता एवं सहभागिहरुबाट आएको सुझाव सल्लाह बमोजिम गोष्ठीका अध्यक्ष श्री जगत सिम्खडाले नेपाली श्रम बजारमा जलवायु परिवर्तन र न्यायिक रुपान्तरणका मुद्दाहरु’ विषयमा सरोकारवालाहरु बिच गरेको एकदिने गोष्ठीले तय गरेका निश्कर्षहरु निकालेको बताउदै कार्यक्रम समापन गर्नुभयो ।
गोष्ठीका निश्कर्षहरु
जेटियुसीसी आवद्ध महासंघबिच सञ्जाल निर्माण गर्ने ।
नेपाल सरकारका सरोकारित निकाय र जेटियुसीसी बिच समन्वय समिति निर्माण गर्ने ।
रोजगारदाता महासंघहरु र जेटियुसीसी बिच समन्वय समिति निर्माण गर्ने ।
ऋइए तथा सरोकारित निकायहरुमा जेटियुसीसीको प्रतिनिधित्व अनिवार्य गर्ने ।
न्यायीक रुपान्तरणका नीतिगत सवालहरुमा सरोकारवालाहरु संग नियमित छलफल तथा अन्तरक्रिया आयोजना गर्ने ।
जलवायु परिवर्तन तथा न्यायीक रुपान्तरणका सन्दर्भमा नीति निर्माण गर्ने ।
बृहत सचेतनामूलक एवं योजनावद्ध कार्यक्रमहरु सञ्चालन गर्ने ।
हिमाली देशहरुसंग समन्वय तथा सञ्जाल निर्माणको पहल गर्ने ।
Lost and Damage fund को नीतिगत ब्यवस्थाका लागि वकालत तथा पैरवी गर्ने
नेपाल सरकार र जेटियुसीसी बिच जलवायु परिवर्तन तथा न्यायीक रुपान्तरणका सन्दर्भमा संयुक्त काम गर्ने लगायतका समसामयीक बिषयहरुमा सहमति पत्र हस्ताक्षर गर्ने ।