काठमाडौं, पाैष १६, २०८१

जेटियुसीसीको छैंठौ श्रम संसद मिति २०८१ पौष १६ गते श्री योगेन्द्र कुमार कँवरको अध्यक्षतामा सम्माननीय राष्ट्रपति श्री रमाचन्द्र पौलेलज्यूको प्रमूख आतिथ्यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री मुकन्द प्रसाद निरौला, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघ, रोजगारदाता परिषदका अध्यक्ष श्री ध्रुव रिजाल, Nepal Chamber of Commerce का अध्यक्ष श्री कमलेश कुमार अग्रवाल, FNCSI का अध्यक्ष उमेश प्रसाद सिंह, SARTUC महासचिव श्री लक्ष्मण बस्नेत, UNI Asia and Pacific ( UNI Apro) महासचिव श्री राजेन्द्र आचार्य, सामाजिक सुरक्षा कोषका प्र्रमूख कार्यकारी निर्देशक श्री कविराज अधिकारी, ILO का प्रतिनिधि श्री नारायण भट्टराई , जेटियुसीसी पूर्व अध्यक्षज्यूहरु, जेटियुसीसी महिला समितिका पूर्व संयोजकज्यूहरु, अग्रज ट्रेड युनियन नेतृत्व एवं बिभिन्न सरोकारवाला निकायका अतिथिहरु एवं आवद्य महासंघहरुबाट करिव ७०० जना प्रतिनिधि/पर्यवेक्षकहरुको सहभागितामा उद्घाटन शत्र सम्पन्न भएको छ ।

जेटियुसीसीको छैंठौ श्रम संसदको को बन्द शत्र श्री योगेन्द्र कुमार कुँवरको अध्यक्षतामा २०४ जना प्रतिनिधि/पर्यवेक्षकहरुको सहभागितामा सम्पन्न भएको छ । सो बन्द शत्रबाट यस केन्द्रको सन् २०२५ का लागि अध्यक्षमा श्री जगत बहादुर सिम्खडा, महासचिवमा श्री इन्द्र देव मिश्र र महिला समिति संयोजकमा श्री सिता लामा र महिला समिति सचिव श्री सबिता लामा घिसिङलाई चयन गर्दैै छैंठौ श्रम संसदले जेटियुसीसीको वार्षिक कार्य प्रतिवेदन, आन्तरिक लेखा परीक्षण प्रतिवेदन र बिशेष प्रस्ताव पारित गरेको छ ।