परिचय
नेपालमा क्रियाशील ट्रेड युनियन महासंघहरुका नीति, कार्यक्रम, विचार र मान्यताहरु फरक फरक भए तापनि श्रमिकहरुका आवश्यकता र समस्याहरु समान एवं साझा भएको तथ्यलाई मनन गरी, श्रमजीवि वर्गको हक हितको संरक्षण र सम्बद्र्धन गर्न ट्रेड युनियन महासंघहरुका बीचमा सहकार्य र श्रमिक सम्बन्धी विषयहरुमा एकरुपता ल्याई एउटै साझा धारणा निर्माण गर्ने उद्देश्यले,
तत्काल क्रियाशिल सात ट्रेड युनियन महासंघहरु संस्थापक भै २०६५ कार्तिक १० र ११ गते काठमाण्डौमा सम्पन्न भएको पहिलो राष्ट्रिय ट्रेड युनियन सम्मेलनबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द (जेटियुसीसी) स्थापना गरी साझा कार्यक्रम गरी आएको र मिती २०६८ कार्तिक ६ गते आचार संहिता पारित गरी साझा कार्यक्रम संचालन हुदै आएको र नया महासंघहरुलाई समावेश गर्दै श्रमिकको जीवनमा आईपर्ने सबै समस्याहरुको समाधानका लागि एउटै थलोबाट संयुक्त नीति बनाई सहकार्य गर्ने अपरिहार्यतालाई महसूस गर्दै,
नेपालको संयुक्त ट्रेड युनियनको अवधारणाको सफलताको कारण विश्व ट्रेड युनियन अन्दोलनलाई उत्प्रेरणा प्रदान गरि रहेको र भविष्यमा समेत एकता प्रवर्धन गर्ने सन्देश प्रवाह गर्न,
हाल सम्म प्राप्त उपलब्धिहरु प्रत्येक श्रमिक सम्म पु¥थाउन, भविष्यमा एकै स्थानवाट श्रम निति तर्जुमा गर्नकालागी विधमान संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) लाई सशक्त र सबल रुपमा पृथक संस्थागत पहिचान दिलाउनु पर्ने आवश्यक्तालाई महशुस गरी,
नेपाली श्रमिक र सवै ट्रेड युनियन महासंघहरुको साझा संस्थाको रुपमा संयुक्त ट्रेड युनियन समन्वय केन्द (जेटियुसीसी) को संस्थागत संरचनालाई विकसित र मजबुत वनाउन, निर्णय प्रकृयालाई व्यवस्थित गर्न र संगठनात्मक स्वरुप प्रदान गर्ने आबश्यक्ता महशुस गरी चौथो ट्रेड युनियन सम्मेलन, २०७१ बाट बिधिवत रुपमा जेटियुसीसीको स्थापना भएको हो ।
जेटियुसीसी स्थापनाको उद्देश्यहरु:
केन्द्रको सम्मेलन, श्रम संसद तथा मुल समितीले समय समयमा निर्धारण गर्ने तथा पारीत गर्ने कुराका अतिरीक्त केन्द स्थापनाको प्रमुख उधेश्य तथा कार्यहरु निम्न अनुसार रहेका छन्:
१) महासंघहरुको स्वतन्त्र तथा संयुक्त सर्बोच्च निकाएको भुमिका निर्वाह गरी श्रमिकका न्युनतम साझा सवालमा ट्रेड युनियनहरुको संयुक्त अवधारणा तयार गर्ने, श्रम नीति तर्जुमा गर्ने सम्बन्धमा नेपाल सरकारलाई आवश्यक परामर्श प्रदान गर्ने,
२) निति निर्माण तहमा ट्रेड युनियनको पहुच विस्तार गर्नका लागी व्यवस्थापीका लगायत राज्यका सवै निर्वाचित निकायमा श्रमिक प्रतिनिधित्वको सुनिश्चितता गर्न, क्रियाशिल सवै महासंघ र संघहरुवीच सहकार्य प्रवर्धन गर्र्न र संयुक्त ट्रेड युनियन आन्दोलनको लागि पुर्वाधार तयार गर्ने,
३) आपसी विवाद एवं समस्याको समाधान संवाद र समझदारीवाट गर्ने, स्वच्छ श्रम सम्बन्ध स्थापना र विकासमा क्रियाशील रहने, यसका लागी सम्वद्ध पक्ष संग सामाजिक संवाद कायम गर्ने र आवश्यक्ता अनुसार औधोगीक कारवाहि सम्वद्ध कार्यक्रम संचालन गर्ने,
४) श्रमिकहरुको हक हितको संरक्षण र सम्वद्र्धन गर्ने सम्बन्धमा नेपाल सरकार, सम्वद्ध व्यवसायीहरुको संघ तथा महासंघ तथा अन्य निकायसंग वार्ता गर्ने र आबश्यक भए अन्तराष्ट्रिय निकाय तथा व्यवसायीहरुको अन्तराष्ट्रिय संस्था तथा सम्वद्ध पक्ष संग पनि बार्ता तथा सम्झौता निर्बाह गर्ने,
५) श्रमिकको पेसागत सम्मान अभिवृद्धि गर्न तथा वर्गीय आधारमा क्रियाशील हुने, श्रमिकहरुको सामाजिक एवं आर्थिक स्तरको विकास गर्न आवश्यक कार्यशाला, गोष्ठी, सेमिनार आदि सञ्चालन गरी श्रमिकहरुलाई उपयोगी हुने तथ्यहरु प्रकाशन गर्ने,
६) अनुचित श्रम अभ्यासको अन्त्य, श्रमिकको हक र हितको संरक्षण र प्रवर्धन गर्नका लागी अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग सम्बन्ध स्थापित गर्ने र आवश्यक्ता अनुसार सहकार्य गर्ने,
७) प्रचलित कानूनमा उल्लेखित अन्य कार्य गर्ने तथा कानून को अधीनमा रही राष्ट्रिय सम्मेलन, श्रम संसद, मुल समितीले निर्धारण गरेका अन्य आवश्यक उपायहरु अबलम्बन गर्न क्रियाशिल रहने,
८) ट्रेड युनियन आन्दोलनको साख वृद्धिको लागी नैतिक मुल्य र मान्यतामा आधारीत रहि श्रमिक वर्गिय हित प्रवर्धन सम्वद्ध आवश्यक अन्य कार्य गर्ने,
९) श्रम सम्बन्धी शैक्षिक सस्थाहरु निर्माण गर्ने , अन्तराष्ट्रिय शिक्षण सस्था तथा तालिम केन्द्र संग समन्वय गर्ने र श्रम सम्बन्धी गंभीर चासो र सरोकारका बिषयलाई अन्तराष्ट्रिय करण गर्ने ,
जेटियुसीसीले अवलम्वन गर्ने मान्यता तथा आदर्श:
१) केन्द्रले समाजवादको लक्ष हासिल गर्न, दिगो शान्ती स्थापना गर्न, संघिय लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिवद्ध रहदै वहुलता तथा लोकतान्त्रिक पद्दति अनुरुप आफ्नो कार्यलाई अगाडि वढाउने छ ।
२) केन्द्रले राष्ट्रिय तथा संवैधानीक मुद्दाहरुमा तथा सामाजिक विषयहरूमा राजनैतिक पार्टीहरूसँग सहकार्य गर्नेछ । श्रमिकको वर्गीय नीतिका आधारमा सरकार र राजनीतिक पार्टीहरूको समर्थन र विरोध गर्ने छ ।
३) केन्द्रमा आवद्ध महासंघ तथा तिनका सदस्यहरुलाई राजनैतिक विचार राख्न पाउने तथा कुनै पनि पार्टीलाई समर्थन गर्ने स्वतन्त्रता हुने छ, केन्द्रमा संलग्न भएको कारण सदस्यको वैयक्तिक अधिकारमा कुनै संकुचन हुन दिने छैन ।
४) केन्दमा आवद्ध महासंघहरु केन्द्रले गरेको नितीगत निर्णयलाई दृढता साथ पालना गर्ने छन र सो को कार्यन्वयन गर्ने विषयमा तथा साझा रुपमा निर्णय नभएका अन्य विषयमा आ–आफ्ना विचार र मान्यता अनुसार गतिविधिहरुलाई संञ्चालन गर्न स्वायत्त रहने छन् ।
५) रोजगारीको सृजना, उत्पादकत्व वृद्धि गरी देश विकासको अभियान संचालन गर्न मुलुक भित्र तथा वाहिर रहेका श्रमिकहरुलाई केन्द्रको छातामा गोलवन्द गराउदै सामाजिक तथा आर्थिक रुपान्तरणको दिशामा क्रियाशील गराईने छ ।